कपालमा लगाउनुहोस् चामल धोएको पानी, हुन्छ वरदान स्वरुप

काठमाडौँ । तपाईले पक्कै पनि चामल दुई वा तीन पटक नपखालेर त प्रयोग गर्नुहुन्न होला। तपाईले त्यो चामल पखालेको पानी त फाल्नुहुन्छ।

तर जसलाई बेकार भनेर तपाई फाल्नुहुन्छ त्यो तपाईको कपाल र छालाको लागि कति फाइदाजनक छ भन्ने थाहा पाउनुभएको छैन होला। यदी तपाई सुन्दर तथा बाक्लो कपाल चाहनुहुन्छ भने अब त्यो चामल पखालेको पानी नफाल्नुहोस्।

Advertisement

खासगरी चामल पखालेको पानीमा स्टार्च तथा कपालको लागि केही जरुरी तत्वहरु पाइने गर्दछन् । यी तत्वले कपाललाई चम्काउने, कपाल बलियो बनाउने र लामो हुन मद्दत गर्छ।

आउनुहोस् तपाईले दिनहुँ फाल्ने गरेको पानीले तपाईको कपाललाई कसरी सुन्दर बनाउँछ र त्यसको तपाई कसरी प्रयोग गर्नसक्नुहुन्छ जानौं।

यदी कपाल एकदमै झर्छ वा टुक्रिन्छ भने

यदी तपाईको कपाल एकदमै झर्छ वा टुक्रिन्छ भने चामल पखालिसकेको पानीले कपालको जरामा मसाज गर्नुहोस् जसले तपाईको कपाललाई बलियो बनाउँछ।

कपाल सजिलैसँग टुक्रिने वा झर्नुको कारण कपालमा अमिनो एसिड, भिटामिन तथा मिनरल्सको कमीले गर्दा हुन्छ।

यस्तो अवस्थामा कपाललाई पोषण दिनका लागि उक्त चामलको पानीमा टी ट्री तेल, जैतुन लगायतको तेल मिसाएर मसाज गर्न पनि सक्नुहुन्छ।

यदी कपाल रुखो भएको छ भने

दिनहुँ बाहिरको धुलो माटो, प्रदुषण, क्यामिलयुक्त स्याम्पुको प्रयोग आदिले कपाल रुखो र बेजान हुने गर्दछ।

यदी तपाईलाई पनि कपालको यस्तो समस्या छ भने स्याम्पु गरिसकेपछि चामलको उक्त पानीले हल्का ढंगले कपालको जरामा मसाज गर्नुहोस्। पाँच मिनेट जति यत्तिकै छोड्नुहोस् र फेरि साधारण पानीले सफा गर्नुहोस्।

चाँया हटाउँछ

यदी तपाईको कपालमा चाँयाको समस्या छ भने उक्त चामलको माडको प्रयोगले एकदमै फाइदा पु¥याउँछ। कपालको चाँया हटाउनको लागि उक्त माडमा थोरै अमलाको पाउडर मिसाएर लगाउनुहोस्। केही बेर राखेपछि सफा पानीले धुनुहोस् ।

कपाललाई मुलायम बनाउँछ

स्याम्पुको प्रयोग कपाललाई सफा गर्ने र सिल्की तथा मुलायम बनाउनका लागि गरिन्छ तर यसको धेरै प्रयोग गर्दा यसमा हुने हानिकारक क्यामिकल्सले कपालाई कमजोर पनि बनाउने गर्दछ। चामलको पानी एउटा प्राकृतिक स्याम्पु पनि हो।

उक्त पानीमा पिसेको अमलाको धुलो वा सुन्तलाको बोक्रा मिलाएर आफ्नो कपाललाई धुनुहोस्। यसले स्याम्पु मात्र नभएर कन्डिशनरको पनि काम गर्छ। चामलको पानीले कपाललाई बलियो मात्र होइन साइनिङ पनि बनाउँछ।

More News last news
Loading...