७ दिनसम्म खालीपेटमा लसुन र महको सेवन गर्नुहोस्, पाउनुहुनेछ चमत्कारी लाभ

काठमाडौँ । मह एन्टी बायोटिक र एन्टी ब्याक्टेरियल हुन्छ भने लसुनमा एलिसिन र फाइबरजस्ता फाइदाजनक न्यूट्रियन्ट्स हुने गर्दछ।

लसुन र महको पेस्ट यदि तपाईले लगातार ७ दिन सम्म सेवन गर्नुभएमा यसले तपाईको शरीरलाई स्वस्थ राख्दछ साथै सामान्य रुपमा हामीलाई हुने इन्फेक्सनबाट पनि टाढा राख्दछ।

Advertisement

यसबाहेक लसुन र महको सेवनले मुख्य रुपमा हाम्रो इम्यूनपावरलाई पनि मजबुत बनाउँछ।

र सामान्य रुपमा देखापर्ने बिमारी हुनबाट बचाउँदछ । यी दुबै मिसाएर खाँदा तपाईंको तौल घटाउनुका साथै विभिन्न रोगबाट छुटकारा दिनेछ।

यी दुबै मिसाएर खानुका १० फाइदाः

तौल घट्नुः
शरिर र लसुनको मिश्रणले शरिरको बोसोलाई कम गर्दछ । यसले तौल घटाउन सहयोग गर्दछ।

मुटुलाई स्वस्थ राख्नमा मदत
यदि तपाईले एक चम्चा मह र लसुनको पेस्ट हरेक दिन उपभोग गर्नुभयो भने तपाईको धमनीमा जम्मा भएको कोलेस्ट्रोल यसले हटाउँछ र रक्तसञ्चार पनि सन्तुलनमा राख्दछ।

जसले तपाईको हृदयलाई पक्कै स्वस्थ राख्दछ र तपाईलाई कुनै पनिसमस्या र हृदय सम्बन्धित कुनै पनि प्रकारको रोगको सामना गर्नुपर्दैन।

बलियो दाँतः
यसमा पाइने फस्फरसले दाँत बलियो बनाउँछ । यसले गमको समस्याबाट पनि जोगाउँछ।

क्यान्सरः
लसुन र महमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर हुनबाट जोगाउन सहयोग गर्दछ।

संक्रमणः
यसमा एन्टिब्याक्टेरियल गुण हुन्छ । त्यसकारण फंगल इन्फेक्सन हटाउन यो फाइदाजनक हुन्छ।

रुघा खोकीः
यो खाँदा शरिरमा गर्मी बढ्छ । त्यसकारण चिसो महिनामा रुघा खोकीबाट टाढा राख्छ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछः
लसुन र महले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यसले शरिरको संक्रमणबाट बचाउँछ।

थाहा पाउनुस् लसुन खानुका अन्य फाइदाः

मधुमेहः
यसले रगतमा सुगरको स्तरलाई नियन्त्रणमा राख्दछ । यसकारण यो मधुमेहका लागि फाइदाजनक हुन्छ।

रक्तचापः
यसमा एलिसिन हुन्छ जसले रक्तचापलाई साधारण राख्दछ। यसले शरिरमा बोसोलाई कम गर्नमा फाइदाजनक हुन्छ।

बाँझोपनः
यसमा सेलेनियम हुन्छ जसले बाँझोपनलाई हटाउन सहयोग गर्दछ।

More News last news
Loading...