अमेरिकामा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौँ । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ। पहिलो चरणमा जोखिम क्षेत्रका व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरु र ज्येष्ठ नागरिकले खोप पाउनेछन्।

अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाइनेछ । भोली अरु ४ सय २५ ठाउँमा खोप दिइने बीबीसीले जनाएको छ। पहिलो चरणमा तीस लाख डोज उपलब्ध छ।

Advertisement

अमेरिकाले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको छ।

अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ। ती कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ।

More News last news
Loading...