आखिर किन धेरै झर्छ पुरुषको कपाल ? यस्तो हुनसक्छ कारण

काठमाडौँ । आजभोलिका युवापुस्ता कपाल झर्ने समस्याले धेरै नै पिरोलिएका छन्। विशेषगरी पुरुषहरु कपाल झर्ने समस्याबाट हैरान भएको पाइन्छ।

मेरो उमेर नै पुगेकै छैन कपाल झरेर तालु हुन लाग्यो, केही बाँकी छैन भन्ने धेरैको गुनासो हुन्छ। महिलाको तुलनामा आखिर किन धेरै झर्छ पुरुषको कपाल रु यसका केही वैज्ञानिक कारणहरु यस्ता छन्।

Advertisement

औषधिको असर
क्यान्सर, मुटु, उच्च रक्तचाप, डिप्रेसन, मधुमेहलगायत रोग निको वा नियन्त्रण गर्न अनेकौँ औषधि खाने गरिन्छ । मानव शरीरको बनावटअनुसार औषधिको असर पनि फरकफरक तरिकाले देखिन्छ। औषधिको एउटा मुख्य असरले कपाल झर्न सक्छ ।

धूमपान
धूमपानका क्रममा निलिने निकोटिनको कारण पुरुषको रक्तनलीहरू खुम्चिन थाल्छ । रक्तनलीहरू खुम्चन थालेपछि शरीरमा अक्सिजनको मात्रासमेत घट्छ । जसका कारण कपाल झर्छ ।

मद्यपान
मद्यपान धेरै गर्ने पुरुषको शरीरमा टक्सिन बढ्दा आइरन, जिंक पानीको मात्रामा कमी आउन थाल्छ । जसका कारण पनि कपाल झर्ने समस्या सुरु हुन्छ।

रसायनयुक्त पदार्थको प्रयोग
बजारमा अधिकांश रसायनयुक्त कस्मेटिक सामानहरू पाइन्छन्। रसायनयुक्त विभिन्न किसिमका हेयर जेल, कलर्स, सेम्फू, कन्डिसनरजस्ता पदार्थको प्रयोग गर्दा कपाल झर्छ।

अस्वस्थ खानपान
व्यस्त जीवनशैलीको बहानामा हिजोआज अस्वस्थ खानपानमा बढी ध्यान जाने गरेको छ । त्यसमा पनि पुरुष धेरै छन् । छिटो कपाल झर्नुको कारण अस्वस्थकर खानपान पनि हो।

तनावयुक्त जीवन

एक अध्ययनअनुसार तनाव बढ्दा शरीरको हर्मोनमा असन्तुलन पैदा भई कपालसमेत झर्न थाल्छ।

वंशाणुगत कारण
कपाल झर्नु पुरुषको वंशाणुगत कारण पनि हो । विशेषगरी कपाल झर्छ भने त्यो वंशाणुगत कारण पनि हुन सक्छ।

More News last news
Loading...