काठमाडौं । पूर्वमन्त्री केशरबहादुर बिष्टले ज्ञानेन्द्र शाहलाई फेरि राजा बनाउने बताएका छन्। उनले ज्ञानेन्द्र शाहलाई नै राजा बन्ने अधिकार भएकोले बन्ने ठोकुवा गरे।
ज्ञानेन्द्र शाहलाई नै राजा बनाउने हो ? प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा ऋषि धमलाको प्रश्नमा बिष्टले भने,‘उहाँ नै राजा बन्ने हो, राजा बन्ने अधिकार ज्ञानेन्द्र शाहलाई नै छ।’
जतिसक्दो छिटो राजसंस्था फर्कने बताए। देशलाई संकटबाट जोगाउन राजसंस्था ल्याउनु अनिवार्य भएको बताए।
राजसंस्था फर्कने ठोकुवा गर्दै अहिले सडकमा समर्थनमा जनता उत्रिएपछि क्याबिनेटसम्म हल्लिएको बताए।
उनले अब राजसंस्था ल्याउन कसैले रोक्न नसक्ने बताए। कृष्णप्रसाद भट्टराई जस्ता सन्त नेताले अगुवाई गरेर बनाएको संविधान माओवादीले माँसेको तर्क गरे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
