भारतमा केही हप्तामै कोरोनाको खोपलाई अनुमति दिइने

काठमाडौँ । भारतको स्वास्थ्य मन्त्रालयले ३० करोड मानिसलाई खोप दिने शुरुवाती योजना तर्जुमा गर्दै अबको केही हप्तामा नै कोभिड-१९ को खोपलाई अनुमति दिने घोषणा गरेको छ।

स्वास्थ्य अधिकारीहरुका अनुसार तीन जना खोप निर्माता कम्पनीले भारतमा आपत्कालिन प्रयोगका लागि अनुमति मागेको छ।

Advertisement

यसमा अस्ट्राजेनेका खोपको निर्माणको लाइसेन्स प्राप्त सेरम इन्सिटिट्युट, फाइजर र भारतीय खोप निर्माता भारत बायोटेक रहेका छन्। केन्द्रिय स्वास्थ्य सचिव राजेश भुषणले भने, ‘केहीले आगामी केही हप्तामा नै अनुमति पाउन सक्नेछन्।’

भारतले शुरुवाती चरणको खोप दिने समूहमा १ करोड स्वास्थ्यकर्मी, प्रहरी र सेनासहित २ करोड फ्रन्टलाइन समूह र ५० वर्षमाथिका र कोभिड–१९ को जोखिममा रहेका बिरामीहरु गरेर २७ करोड जनसंख्या रहेका छन्।

स्वास्थ्य मन्त्रालयले यसअघि सन् २०२१ को अगस्तसम्मा यो समूहलाई खोप दिने लक्ष्य राखेको थियो। भारतको जनसंख्या १.४ अर्ब जनसंख्या रहेको छ।

भुषणले भारतले अहिलेकै खोप कार्यक्रम, जुन विश्वकै ठूलो हो, कै भरमा कोरोनाको खोप वितरण गर्नेछ। भारतमा हरेक वर्ष २.६ करोड शिशु र ३ करोड गर्भवती महिलालाई खोप दिइन्छ।

More News last news
Loading...