एजेन्सी । फ्रान्समा हेलिकप्टर दुर्घटनाबाट पाँचजनाको मृत्यु भएको छ।
फ्रान्सेली अल्पस्मा हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो।
एक निजी कम्पनीको हेलिकप्टर साभोई क्षेत्रको बोनभिलारमा दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ।
उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटना हुँदा ६ मध्ये ५ जनाको मृत्यु भएको हो। दुर्घटनाको कारण खुलेको छैन। खराब मौसमले दुर्घटना भएको हुने अनुमान गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
