यस्ता संकेत देखिएभने सम्झनुहोस् तपाईको सम्बन्ध धेरै समय टिक्दैन्

काठमाडौँ । कयौँ सम्बन्ध सुरुवातमा निकै राम्रो हुने गर्दछ, तर जसरी समय वित्दै जान्छ सम्बन्धमा पनि मधुरता कम कम हुँदैजान्छ। जीवन साथीसँग रहेर पनि तपाई एक्लो महशुस गर्न थाल्नुहुन्छ।

तपाईको सम्बन्ध तपाईका लागि बोज बन्न थाल्यो भने सम्बन्ध विच्छेदसम्म पुग्ने गर्दछ। आज हामी तपाईलाई कस्ता लक्षण देखिए भने तपाईको सम्बन्ध टुट्ने सम्भावना रहन्छ भन्ने बारेमा जानकारी दिदैछौँ।

Advertisement

चाडै रिसाउनु
यदी तपाईको पार्टनर सानो सानो कुरामा पनि तपाईसँग रिसाउने गर्दछ भने तपाईको सम्बन्ध लामो समयसम्म चल्दैन्। हरेक कुरामा तपाईसँग बहस गर्नु रिसाउनु जस्ता क्रियाकलाप भएमा तपाईले सोच्नुहोस् तपाईको पार्टनरमा कुनै गडबढ छ। यस्तो सम्बन्ध धेरै लामो समय राख्नु भन्दा बीचमै खतम गरेको राम्रो मानिन्छ।

आत्मसम्मानमा कमी
प्रेम सम्बन्धमा एक अर्काको सम्मान निकै जरुरी हुने गर्दछ। कुनै न कुनै रुपमा तपाई एकअर्कोलाई सहयोग पनि गरिरहनु भएको हुन्छ।

यदी तपाईलाई लाग्छ की तपाईको पार्टनर तपाईलाई पटक पटक निचा दिखाउने गर्दछन् वा उनका कारण अपमानित हुनु पर्छ भने तपाईको सम्बन्ध लामो समय टिक्दैन्।

सधै आफूलाई सही सोच्नु
यदी तपाई एक अर्कासँग निकै प्रेम गर्नुहुन्छ भने तपाईको पार्टनरले तपाईलाई गलत बनाएर आफूलाई सही सावित गर्दैन्। यदी तपाईको पार्टनरले हरेक कुरामा आफूलाई नै सही भन्ने बनाउछ भने यस्तो प्रेममा तपाई खुसी हुन सक्नुहुन्नन्। यो सम्बन्ध टिकाउनु भन्दा छुट्टिएकै राम्रो मानिन्छ।

प्रेममा बनावटीपन लाग्नु
यदी तपाई आफ्नो प्रेमसँग सन्तुष्ट हुनुहुन्न । असहज महशुस गर्नुहुन्छ। तपाई ठिक हैन भन्ने जान्दाजान्दै पनि तपाई खुसीको नाटक गर्नुहुन्छ भने यो सम्बन्धमा तपाईलाई कहिलै खुसी मिल्नैन्। झुटो र देखावटी प्रेम लामो समयसम्म टिक्न पाउदैन्।

More News last news
Loading...