उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार पारेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि आयोगका सदस्यहरूले आफै सार्वजनिक गरेका छन्।

आयोगले २०७५ सालमा सरकारलाई बुझाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएपछि आयोगका सदस्यहरूले शुक्रबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेका हुन्।

Advertisement

प्रतिवेदन सार्वजनिक गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै आयोगका सदस्य श्यामकुमार श्रेष्ठले नागरिकलाई सूचनाको हक भएअनुसार प्रतिवेदनमा के छ भन्ने जानकारी दिन आफै प्रतिवेदन सार्वजनिक गरिएको बताए।

प्रतिवेदनमा सबै विद्यालयमा विषयगत दक्ष शिक्षक दिइनुपर्ने, अधिकार सम्पन्न योग्य प्रधानाध्यापक दिनुपर्ने, पूर्वाधारका संरचनाहरू दिनुपर्ने, समाजका राम्रा व्यक्तिहरु शिक्षण पेसामा आऊन् भन्नका लागि अन्य सरकारी कर्मचारीको भन्दा १० प्रतिशत धेरै तलब हुनुपर्ने लगायतका विषयहरु उल्लेख रहेको श्रेष्ठले बताए।

More News last news
Loading...