इण्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट, २७०० मानिस विस्थापित

काठमाडौँ । इण्डोनेसियामा शक्तिशाली ज्वालमुखी विस्फोट भएको छ।

इण्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो भएको ज्वालामुखी विस्फोटपछि २६ गाउँका २ हजार ७ सय ६० जनाले घर छाडेको अल्जजिराले जनाएको छ। विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त भएको छैन।

Advertisement

ज्वालामुखी विस्फोटपछि ४ किलोमिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो। ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ। तत्काललाई हवाइ उडान बन्द गरिएको छ।

समुद्री सतहबाट १ हजार १८ मिटर उचाइमा विस्फोट भएको ज्वालामुखी आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न निर्देशन दिइएको छ।

More News last news
Loading...