इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्या

काठमाडौँ । इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्या भएको छ। इरानी रक्षा मन्त्रालयले शुक्रबार आफ्नो मुलुककै शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको जानकारी दिएको हो।

इरानी सञ्‍चारमाध्यमका अनुसार उनलाई राजधानी तेहराननजिकैको अबसार्ड सहरमा एम्बुस आक्रमण गरिएको थियो।

Advertisement

आक्रमणमा गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि बचाउन नसकिएको इरानी रक्षा मन्त्रालयले बताएको छ।

इरानका विदेश मन्त्री मोहम्मद जवाद जरिफले फखरीजादेहको हत्याको निन्दा गर्दै यसलाई राज्य प्रायोजित आतंकको संज्ञा दिएका छन्।

More News last news
Loading...