भारतले फेरि लगायो चीनका थप ४३ एप्समाथि प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ। यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन्।

भारत सरकारको विद्युतीय तथा सूचन प्रविधि मन्त्रालयले यी एप्समाथि प्रतिबन्ध लगाउने आदेश जारी गरेको हो।

Advertisement

मन्त्रालयले जारी गरिएको बयानमा भनेको छ, ‘यो कारवाही यी एप्ससँग सम्बन्धित ती जानकारीको आधारमा लिइएको हो जसमार्फत् यो थाहा भएको छ कि यी एप्स भारतको स्वायत्तता र सुरक्षाका लागि खतरा छन्। मन्त्रालयले यो निर्णय इन्डियन साइबर क्राइम कोअर्डिनेशनको रिपोर्टको आधारमा लिएको छ।’

यसअघि पनि भारत सरकारले चीनसँगको तिखो सम्बन्धका बीच सबैभन्दा पहिलो जूनमा ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो।

त्यसपछि सरकारले अर्कोपटक थप ४७ एप्समाथि प्रतिबन्ध लगाएको थियो। सप्टेम्बर महिनामा एकपटक पुनः पबजीसमेत ११८ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको थियो।

More News last news
Loading...