झापा । झापाको विर्तामोडमा हिजो साँझ बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा तेह्रथुम आठराई घर भई हाल विर्तामोड बुट्टाबारी बस्ने अन्दाजी ३२ वर्षका केवल खवास रहेका छन्।
उनलाई आइतबार साँझ सवा ६ बजेतिर पूर्वपश्चिम लोकमार्ग अन्तर्गत विर्तामोड ६ मा मे १ ज ३११९ नम्बरको बोलेरोले ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाईते खवासको उपचारका क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको हो।
ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
