अमेरिका र चीनबीचको गतिरोधपछि ६० वर्षमा पहिलो पटक ह्वाइट हाउस पुगे तिब्बती नेता

काठमाडौँ । अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गरेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेटघाट गरे।

Advertisement

तिब्बतको निर्वासित सरकारको कुनै नेताको यो पछिल्लो ६ दशकमा पहिलो आधिकारिक अमेरिकी यात्रा हो। पत्रिकाका अनुसार अमेरिकाको यो कदमले चीनसँग पहिले नै चलिरहेको तिखो सम्बन्धमा थप तनाव पैदा हुनसक्छ।

जानकारका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सिटिए) का लागि यो एक ऐतिहासिक कदम हो किनभने यसले सिटिएको प्रजातान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुख दुबैले मान्यता पाएको छ।

केन्द्रीय तिब्बती प्रशासन (सिटिए) को मुख्यालय भारतस्थित हिमाचल प्रदेशको धर्मशालामा छ।

More News last news
Loading...