यस्ता लक्षणलाई महिलाले नगरौँ वेवास्ता, नत्र बनाउँछ ग्रसित

काठमाडौँ । सामान्य भाषामा भन्नुपर्दा ‘पेल्भिक फ्लोर’ शरीरको त्यो भाग हो, जसमा ब्लाडर, पाठेघर, भजाइना तथा रेक्टम हुन्छ।

यो भागले नै महिलाको शरीरको महत्वपूर्ण अंंगहरूलाई संरक्षित गर्न सहायता प्रदान गर्छ । उक्त अंगहरूलाई सही तरिकाले काम गर्नमा मद्दत गर्छ । सामान्यतया, पेल्भिक सिस्टम कोखको हड्डीको बीचमा रहेको हुन्छ जहाँसम्म पुग्न त्यति सजिलो पनि छैन ।

Advertisement

शरीरको महत्वपूर्ण भाग मानिएको पेल्भिक फ्लोरसम्बन्धी कुनै न कुनै प्रकारको समस्याबाट विश्वका अधिकांश महिलाहरू ग्रसित छन् । तर, यसबारे न त अहिलेसम्म विस्तृतमा अध्ययन हुन सकेको छ। न त मानिसहरूलाई यसबारे राम्रो ज्ञान नै छ ।

चिकित्सकहरूका अनुसार शारीरिक संरचनामा मस्तिष्कपछि शरीरको सबैभन्दा जटिल विषय भनेकै पेल्भिक फ्लोर हो । यद्यपि, यसले कसरी काम गर्छ भन्नेबारे अहिलेसम्म कुनै अनुसन्धानबाट निश्चित नतिजा प्राप्त हुन सकेको छैन ।

शोधकर्ताहरूका अनुसार यो विषय अहिलेसम्म पनि रहस्यको विषय बनेको छ। पेल्भिक फ्लोर सम्बन्धी समस्याले महिलालाई जीवनभर असर पार्न सक्छ । तर, यसको कारण ज्यानै जाने खतरा नभएका कारण मानिसहरूले पेल्भिकसम्बन्धी समस्यालाई गम्भीरतापूर्वक लिएको पाइँदैन।

शरीरसम्बन्धी अहिलेसम्म जति पनि अध्ययन अनुसन्धान भएका छन् ती सबै पुरुषमा परीक्षण गरिएका छन्। अझ भनौं, धेरै जसो अनुसन्धानमा पुरुष र महिलाको शरीरलाई उस्तै मानेर गरिएको छ । जबकि कुनै पनि अनुसन्धान गर्दा महिलाको शरीरलाई बेग्लै मानेर गर्न जरुरी छ ।

अनुसन्धानकर्ताहरूका अनुसार बच्चालाई जन्म दिएकै कारण महिलाहरूको पेल्भिक फ्लोरमा कयौं किसिमको चोट लाग्ने गर्छ। जसका कारण उनीहरूको शरीरमा विभिन्न समस्या देखा पर्ने गर्छ ।

सोही क्रममा उनीहरुले केसम्म पत्ता लगाएका थिए भने प्रसूतिका क्रममा कतिपय महिलाका लेवेटर एनी नामको मांसपेशी च्यात्तिने गर्छ। जसका कारण कोखको एउटा ठूलो भाग योनीमार्गबाट बाहिर निस्कने गर्छ, जसका कारण पेल्भिक फ्लोर कमजोर हुने गर्छ ।

यो समस्या कतिमा छ भन्नेबारे यकिन गर्न गाह्रो छ। एक अनुसन्धानअनुसार पाँच देखि १५ प्रतिशत महिलाहरूमा यो समस्या देखिने गरेको छ।

रमाइलो कुरा के छ भने लेवेटर एनी नामक मांसपेशी च्यात्तिने कुरा डाक्टर वा बिरामी दुवैलाई थाहा हुँदैन । साथै, प्रसूतिका क्रममा शरीरको भित्री अंगमा लाग्ने स-साना चोटलाई समेत मानिसहरुले सामान्य रुपमा लिने गरेको पाइन्छ।

जबकी पेल्बिक फ्लोरलाई मजबुत गर्ने सबैभन्दा राम्रो उपाय भनेको केगल व्यायाम उत्तम मानिन्छ। तर, सुत्केरी अवस्थामा भने यस्ता व्यायाम नगर्न नै चिकित्सकहरूले सुझाव दिने गर्छन्।

पेल्भिक फ्लोर डिसअर्डरको समस्या सबैलाई नहुन सक्छ । तर, यो समस्या हुनेलाई पिसाब छिटो छिटो लाग्ने, धेरै हाँस्दा, खोक्दा वा हाछ्युँ गर्दा पिसाब निस्कने गर्दछ । त्यस्तै, पेल्भिक फ्लोरमा भएको अंग योनीमार्ग हुँदै बाहिर निस्कने गर्दछ।

बढ्दो उमेरका कारण पनि यस्तो समस्या हुने विभिन्न अध्ययनहरूले जनाएको छ भने केही अध्ययनले यस्तो समस्यामा उमेरको कुनै भूमिका नहुने जनाउँदै आएको छ।

More News last news
Loading...