काठमाडौं । चिनियाँ उच्चस्तरीय नेताको यस साता नेपाल भ्रमण गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालय श्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ उच्चस्तरीय नेताको भ्रमण हुनेभएको हो ।
प्राप्त जानकारी अनुसार चिनियाँ रक्षा मन्त्रालय र स्टेट काउन्सिलरको जिम्मेवारी सम्हालेका जनरल वेइ फेङह नेपाल आउने भएका हुन् ।
चीनले रक्षामन्त्री नेपाल आउने विषय नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयललाई जानकारी गराइसकेको छ। चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण निश्चित भएपछि सरकारले भ्रमणको तयारी समेत गरेको छ ।
गत वर्ष अक्टुवरमा चिनियाँ राष्ट्रपति सि जीनफिङको नेपाल भ्रमणपछि रक्षामन्त्री वेइ फेङह नेपाल भ्रमणमा आउन लागेका हुन् । एक वर्ष यता भारतले सुरक्षा कुटनीतिलाई महत्व दिइरहेका बेला चीनले पनि रक्षामन्त्री नेपाल भ्रमणमा पठाउन लागेको हो ।
नेपालको भूभाग लिपुलेक लिम्पियाधुरा कालापानी समेटिएर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो भूभागसहितको नयाँ नक्सा जारी गर्दै त्यसको प्रतिउत्तर दिएपछि नेपाल–भारत सम्बन्ध चिसिएको बेला भारतले सुरक्षा कुटनीतिलाई महत्व दिएको थियो।
उता, भारतसँग सीमा विवाद भइरहँदा चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारत र नेपालमा उच्च महत्वका साथ हेरिएको छ । यसअघि, चिनियाँ विदेशमन्त्री वाङ यि नेपाल आउने बताइएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
