एजेन्सी । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ।
बिहीबार भएको प्रदर्शन हिंसामा परिणत भएको छ । प्रदर्शनकारीहरू आगजनी र तोडफोडमा उत्रिएपछि भएका झडपमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय समयानुसार सोमबारसाँझबाट शुरु भएको प्रदर्शनमा अरू ४५ जना घाइते भएको प्रहरी प्रवक्ता फ्रेड एनानगाले बताएका छन् ।
प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
यद्यपि वाइनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेको समाचार एजेन्सी एएफपीले जनाएको छ । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ ।
युगान्डामा हुन लागेका राष्ट्रपतिको निर्वाचनमा वाइन पनि एक उम्मेदवार हुन् । उनी विपक्षी राजनीतिक दलको नेता पनि हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
