काठमाडौँ । नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ सुरु भएको छ। नयाँ वर्ष ११४१ का अवसरमा आइतबार विविध कार्यक्रम गरिँदैछ।
राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।
नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिए ।
२००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। २०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
