कोरोना संक्रमणबाट भारतमा १ लाख ३० हजारभन्दा बढीको मृत्यु

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ।

Advertisement

यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन्।

थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन्।

More News last news
Loading...