एजेन्सी । इथियोपियाको पश्चिमी क्षेत्रमा यात्रुबाहक बसमा बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा ३४ जना मारिएका छन्।
राष्ट्रिय मानव अधिकारवादी समूहले दिएको जानकारी अनुसार इथियोपियामा पछिल्ला दिनहरूमा घातक हमलाहरू बढेका छन्।
इथियोपियाली मानव अधिकार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारी हमलामा मारिनेको सङ्ख्या ३४ भेटिएको र अन्य कैयौँ मानिस घाइते भएका छन्। आक्रमण स्थानीय समयअनुसार शनिबार साँझ बेनिसाङ्गुल गुमुज क्षेत्रमा भएको थियो।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
