विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने खलिफा बिन सलमानको निधन

काठमाडौँ । बहराइनका प्रधानमन्त्री शेख खलिफा बिन सलमानको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ।

बहराइनको सरकारी समाचार एजेन्सीले अमेरिकाको मेयो क्लिनिकमा उपचारका क्रममा उनको निधन भएको जनाएको हो।

Advertisement

प्रधानमन्त्री खलिफाको निधनप्रति बहराइनका राजा हमाद बिन इसा अल खलिफाले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री खलिफाको निधनपछि बहराइनमा एक हप्ताको लागि राजकीय शोक मनाउन राष्ट्रिय झण्डा आधा झुकाउन आदेश दिइएको छ।

साथै सरकार मातहतका मन्त्रालय र विभागहरु तीन दिनसम्म बन्द रहने जनाइएको छ।

अमेरिकाबाट पार्थिक शरीर आइपुगेपछि प्रधानमन्त्री सलमानको अन्त्येष्टि गरिने खबरमा उल्लेख छ।

प्रधानमन्त्री खलिफा विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री हुने व्यक्ति हुन्। बहराइन स्वतन्त्र हुनुभन्दा दुई वर्ष अगाडि सन् १९६९ देखि उनी प्रधानमन्त्री भएका थिए।

More News last news
Loading...