एजेन्सी । अफ्रिकी–दक्षिण एशियाली मुलकी कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छिन्।
उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । यसअघि १९८४ मा डेमोक्रेटिकले गिरालडिन फेरारो र २००८ मा रिपब्लिकनले सारा पोलिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको थियो, तर उनीहरु दुुबै पराजित भएका थिए।
डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन्। पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति–उपराष्ट्रपति चयन हुनका लागि आवश्यक २ सय ७० मत उनीहरुको पक्षमा पुुग्ने पक्कापक्की भएको हो।
क्यालिफोर्नियाकी सिनेटरको यो ऐतिहासिक विजयले अफ्रिकी–दक्षिण एशियाली समूहका दशौं लाख महिलाहरुको पनि प्रतिनिधित्व गर्नेछ, जसलाई अमेरिकामा प्राय प्रणालीगत रुपमा नजरअन्दाज र उपेक्षा गरिएको छ।
उनले अब २० जनवरीबाट आफ्नो कार्यकाल सम्हाल्नेछिन्। क्यार्लिफोनियाको ओकल्यान्डमा जन्मिएकी ह्यारिसले होवार्ड विश्वविद्यालयबाट स्नातक गरेकी थिइन् । उनले क्यालिफोर्नियाको अटर्नी जनरलको पद सम्हालिसकेकी छिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
