काठमाडौँ । राति सुत्नुअघि हेरविचार गरी कपाललाई टुक्रिनबाट बचाउन सकिन्छ। सही तरिकाले हेरचाह गरे कपाल बाक्लो र चम्किलो बन्छ।
१) राति सुत्नुअघि पाँचदेखि १० मिनेटसम्म काइँयोले कपाल कोर्नुपर्छ। पछाडिबाट सुरु गरी अगाडितिर कपाल कोर्नुपर्छ। यसो गर्दा कपालमा टाँसिएको दिनभरिको धुलोमाटो हट्छ। कपाल सफा हुन्छ।
२) सुत्नुअघि कपाल बान्नुपर्छ। बानेर सुत्दा कपाल झर्दैन।
३) कपडाले कपाललाई छोपेर सुतियो भने हाँगा फाट्ने समस्याबाट छुटकारा पाइन्छ।
४) सातामा तीन पटक कपालमा तेल लगाउनुपर्छ। यसो गर्दा कपाल झर्ने समस्याबाट राहत मिल्छ। कपालले पोषक तत्व पाउँछ। नरिवल, बदामको तेल कपालका लागि लाभदायी हो। राति सुत्नुअघि तेल लगाएर बिहान कपाल धुनुपर्छ।
५) कपालमा तेल लगाउन नरुचाउनेले हेयर सिरम प्रयोग गर्न सक्छन्। सिरम जरैदेखि लगाउनुपर्छ। यसो गर्दा कपाल अल्झिँदैनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
