अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प पराजय नजिक

एजेन्सी । अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम मतगणना भइरहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजयको नजिक पुगेका छन्।

ट्रम्प यसअघि अगाडि रहेको जर्जिया राज्यमा वाइडेन अगाडि देखिएपछि पासा पल्टिने अवस्था बनेको हो।

Advertisement

फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन्। जर्जिया राज्यमा वाइडेन विजयी भएमा ट्रम्प राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत पाउने सम्भावना समाप्त हुनेछ।

उक्त राज्यको मतभार १६ इलेक्ट्रोरल छ। अब वाइडेनलाई चुनाव जित्न मात्र ६ इलेक्ट्रोरल मत आवश्यक छ।

पछिल्लो अवस्थामा वाइडेन नेभेडामा पनि अगाडि छन्। त्यहाँ उनलाई आवश्यक पर्ने ६ इलेक्ट्रोरल मतभार छ। १५ इलेक्ट्रोरल मतभार रहेको नर्थ क्यारोलिनामा ट्रम्प वाइडेनभन्दा केही हजार मतले मात्र अगाडि छन्।

२० इलेक्ट्रोरल मतभार रहेको पेनसिल्भानियामा ट्रम्प झीनो मतले अगाडि छन्। यसरी नेभेडामा वाइडेनको बढी आशा छ।

त्यहाँ जितेमा उनी राष्ट्रपति निर्वाचित हुनेछन्। जर्जियामा पनि अगाडि बढेकाले वाइडेन बलिया देखिएका छन्।

यसैगरी, ट्रम्पले खामबन्दीको मतमा प्रश्न उठाएका छन्। उनी खामबन्दीको मतपत्रका कारण पछि परेका हुन्। यसअघि प्रत्यक्ष मतदानको गणनामा ट्रम्प अगाडि थिए। खामबन्दीको मतपत्रको गणनापछि पासा पल्टिएको हो।

More News last news
Loading...