काठमाडौं । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा जित हात पारेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजय उन्मुख भएका छन्।
विस्कन्सिनमा (१०) र मिसिगनमा (१६) इलेक्टोरल मत रहेको यी दुबै राज्यमा २०१६ को चुनावमा ट्रम्पले जित हासिल गरेका थिए।
उनले कुल ५३८ इलेक्टोलर सिटमध्ये विजयका लागि आवश्यक २७० सिट नजिक आफूलाई पुर्याएका छन्।
नेपाली समयअनुसार बिहीबार बिहान यो समाचार तयार पार्दासम्म उनले २६४ सिटमा जित निश्चित गरेका छन्।
उनका प्रतिष्पर्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म २१४ सिटमै आफूलाई सीमित राखेका छन्। विस्कन्सिन र मिसिगनमा जित हासिल गरेसँगै बाइडेन विजयको बाटोमा उन्मुख रहेका हुन्।
अब निर्णायक मानिएको पेन्सेल्भेनियामा बाइडेनले मतान्तर कम गर्दै लगेका छन्। एरिजोना र नेभाडामा बाइडेन अगाडि छन्। रिपब्लिकन पकड रहेको जर्जिया अहिले ‘ब्याटलग्राउण्ड’रुपमा देखिएको छ। जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन्। अलास्कामा पनि ट्रम्प नै अग्रस्थानमा छन्।
पेन्सेल्भेनिया नजिते पनि अब एरिजोनाका ११ र नेभाडाका ६ गरी बाइडेनलाई चुनाव जित्न १७ सिट पर्याप्त हुनेछन्।
उता ट्रम्पले मतगणनामा डेमोक्र्याटिक पक्षले झुक्याएको आरोप लगाउँदै पुनः मतगणनाको माग राखेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
