रातमा भुलेर पनि नखानुहोस् यो चिज, शरीरमा गराउँदछ विपरीत गतिविधि

काठमाडौं । धेरैलाई मन पर्ने दही स्वास्थ्यको लागि निकै फाइदाजनक छ । भिटामिन र प्रोटिन भरपुर हुने दहीको सेवनले विभिन्न रोगहरु लाग्नबाट बचाउँछ । भिटामिन–ए, भिटामिन सी, भिटामिन–डी, भिटामिन–बी १२, आइरन, प्रोटिन प्रशस्त पाइने दहीको सेवन फाइदाजनक छ । तर कहिलेकाही दहीको सेवन हाम्रो स्वास्थको लागि फाइदाजनक हुँदैन ।

मानिसहरुले गर्मीमा र रातको समयमा दही खाने गर्छन् । तर रातको समयमा दही सेवन गर्नु फाइदाजनक मानिदैन । रातको समयमा दही सेवन गद शरीरमा विपरित गतिविधिहरु गराउँछ ।

Advertisement

रातको समयमा दही सेवन गरेमा बान्ता हुने सम्भावना हुन्छ । त्यस्तै रातमा नियमित दही सेवन गर्दा अनुहारमा डन्डिफोर आउँने सम्भावना हुन्छ । त्यस्तै तौल बढ्ने र कब्जियत हुने हुन्छ ।

रातिमा दही सेवन गर्दा जोर्नी दुख्ने समस्या हुन्छ । त्यस्तै रातमा दही सेवनले शरीरमा म्युकसको माधामा वृद्धि हुने हुनाले खोकी र चिसो लाग्न सक्छ ।

More News last news
Loading...