यस्ता छन् खाली पेटमा मन तातो पानी पिउँदाका फाइदा

काठमाडौं । सामान्यतयाः मानिसहरु विहान उठ्ने वित्तिकै कफि वा चियाबाट दिनको सुरुवात गर्छन्। एक त ढिला उठ्ने त्यसमाथी खाली पेटमा नै चिया वा कफिको सेवन बिष सरह हुन सक्छ।

ढिलो उठाई, कसरतरहित जीवन र अमिल्दो खानपान आयु घटाउने कारण पनि सक्छ। यो बेला तपाईले आफ्नो जीवन शैलीलाई बदल्न सके असामान्य फाइदा हासिल गर्न सक्नुहुन्छ।

Advertisement

उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ। अझ बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ।

विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएक छन्ः

पाचन प्रणालीमा सुधार

दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ। अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ।

मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ। मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ। शरिरको गतिविधि स्वस्थ बनाउँछ।

नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ। नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ।

दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ।

मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ।
नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ।

More News last news
Loading...