एजेन्सी । अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ। भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा अन्य १५ जना घाइते भएका छन्। त्यसमध्ये छ जनाको अवस्था गम्भीर रहेको भिएनाका मेयरले जनाएका छन्।
राइफलसहित आएका व्यक्तिहरूले एकसाथ छ फरक स्थानमा गोली चलाउन थालेका थिए। लगत्तै प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो।
घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन्। एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न अस्ट्रिया सरकारले आग्रह गरेको छ। चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सीमानामा सुरक्षा जाँच शुरू गरेको बीबीसीले जनाएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
