चर्चभित्रै चक्कु प्रहार गरी तीन जनाको हत्या, हत्यारा गम्भीर घाइते

एजेन्सी । फ्रान्सको निस शहरस्थित एक चर्चमा अन्धाधुन्ध चक्कु प्रहार गरि तीन जनाको हत्या गरिएको छ।

आक्रमणकारीले दुई महिला र एक पुरूषको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

Advertisement

निस शहरको नोट्रे डाम बासिलिकमा भएको यो घटनामा एक जनाको टाउको नै काटिएको छ। २१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर घाइते भएका छन्।

केही दिनअघि ट्यूनिसियाबाट आएका ती आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजातसमेत रहेको प्रहरीले जनाएको छ।

आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताएका छन्।

More News last news
Loading...