अल कायदाका वरिष्ठ नेता अफगानिस्तानमा मारिए

काठमाडौँ । अतिवादी इस्लामिक संगठन अलकायदाका वरिष्ठ नेता अबु मुहसिन अल मास्री अफगानी सेनाको कारबाहीमा मारिएका छन्। अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीटमार्फत यसको जानकारी दिएको हो।

मास्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मस्ट वान्डेट सुचीमा थिए। अमेरिकाले उनीविरुद्ध विदेशी आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराएको र अमेरिकी नागरिकहरुको हत्याको षड्यन्त्र रचेको अभियोग लगाएको थियो।

Advertisement

अल कायदाका दोस्रो ठूलो नेता मानिने अल मास्री घान्जी प्रान्तमा भएको विशेष कारबाहीका क्रममा मारिएको निर्देशनालयले जनाएको छ।

यस विषयमा अमेरिकी टिप्पणी गर्न एफबीआईले भने अस्विकार गरेको छ। एफबीआईका अनुसार अल मास्रीको अर्को नाम हुसम अबद अल रउफ हो र उनी इजिप्टका नागरिक थिए।

गत महिनामात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अल कायदाका २ सयभन्दा कम कार्यकर्तामात्रै अफगानिस्तानमा बाँकी रहेको दाबी गरेका थिए।

यही महिना, अमेरिकाले तालिवानी शासकहरुलाई अफगानिस्तानमा सत्ताच्युत गरेको १९ वर्ष पुुगेको छ। ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हमला गर्ने अलकायदालाई तत्कालीन समय तालिवानले संरक्षण गरेको थियो।

More News last news
Loading...