काठमाडौँ । बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग हो।
बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले फरक फरक लक्षण देखाउँछन । तर, सबैजसो बाथ रोगमा समान लक्षण भनेको जोर्नी दुख्नु र सुनिनु हो।
बाथ रोग सय भन्दा बढी प्रकारका भएपनि गठिया बाथ अथवा प्यालोटोइड आर्थराइटिस सबैभन्दा धेरै देखिने बाथहो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ।
यसले २० देखि ५० वर्षका महिलालााई ज्यादा असर गर्ने गर्छ। तर बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ।
लक्षणहरू
—बाथ रोग लागेपछि नली खुट्टा,घुँडा,र्जोनीहरू दुख्छन ।
—शरीरको कुनै एउटा भागमा सहनै नसक्ने पीडा हुन्छ ।
—माछा मासु पेयपदार्थ खाँदा बढी पीडा हुन्छ ।
—विस्तारै विस्तारै शरीरको अन्य भागमा पनि फैलन्छ ।
— रोगजति पुरानो भयो त्यति पीडा हुन्छ ।
—अरु रोगसँग लड्ने क्षमता कम हुन्छ ।
रोकथामका उपायहरू
— बेसार र मेथीको सुठो १००र१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाले एक चम्चा बेलुका सुत्ने बेलामा नियमित खाने ।
—खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने । जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ
—घाममा बस्ने ।
—नुन र टिम्मुर पानी उमालेर हातगोडाधुने ।
—नियमित व्यायम गर्ने ।
—गोकुल भएका औषधिको प्रयोग गर्नाले बाथ कम हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
