काठमाडौँ । वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन्।
गण्डकी प्रदेशको ३८ ठाउँका कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको गण्डकी प्रदेश सरकारले जनाएको हो।
नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि नहटेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए।
अहिलेसम्म कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै बेहोर्दै आएको र यो सेवा निरन्तर रहने उनको भनाई छ।
यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले प्रदेश सरकार मातहतका सबै अस्पतालमा कोभिड १९ को निःशुल्क उपचार भइरहेको जनाएको छ।
प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार भइरहेको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
