उदयपुर । जिल्लामा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्की रहेका छन्। अन्य तीन जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।
घर्टनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
