नेपालमा कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २१ जनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

Advertisement

उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १२६,१३७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ। हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ।

More News last news
Loading...