राप्रपा अध्यक्ष कमल थापालाई कोरोना पुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सामान्य टाउको दुखाइपछि ह्याम्स अस्पतालमा बुधबार गरिएको कोभिड–१९को पिसिआर परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् ।

Advertisement

कोरोनाको महामारीबाट जोगिन आवश्यक सावधानी र सतर्कता राखे तापनि परीक्षणको नतिजा पोजेटिभ आएको र अहिले स्वास्थ्यावस्था सामान्य रहेको अध्यक्ष थापाले उल्लेख गरेका छन् ।

उनी अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहेको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गरेका छन् ।

More News last news
Loading...