गिरफ्तार गरिएका आफ्ना नेताको तुरुन्त रिहा गर्न नेविसंघको माग

काठमाडौँ । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले विनाकारण पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई तुरुन्त रिहा गर्न माग गरेको छ।

आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै नेविसंघले मध्य पश्चिम विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीका समस्याहरु तथा शैक्षिक मुद्दाहरु उपर ध्यानाकार्षण गराउन जाँदै गर्दा भाडाका व्यक्तिहरु प्रयोग गरी तथा प्रहरी समेत लगाई विद्यार्थी नेताहरु माथी निर्घात कुटपिट गरी पक्राउ गरिएको भन्दै तत्काल आफ्ना नेता कार्यकर्ताहरुलाई रिहा गर्न सम्बन्धित प्रशासनसँग माग गरेको हो।

Advertisement

नेविसंघका अध्यक्ष राजिव ढुँगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मध्य पश्चिम विश्वविद्यालयका उपकुलपतीलाई विद्यार्थीका समस्याहरु तथा शैक्षिक मुद्दाहरु उपर ध्यानाकार्षण गराउन जाँदै गर्दा भाडाका गुण्डाहरु प्रयोग गरी तथा प्रहरी समेत लगाई विद्यार्थी नेताहरु माथी निर्घात कुटपिटको घटनाले हामी स्तब्ध भएका छौँ।”

“चैत्र यता विश्व विद्यालय बन्द रहेकाले यस अवधिको शुल्क विद्यार्थीले तिर्न नपर्ने व्यवस्था गर भन्ने लगायतका विद्यार्थीका समस्याहरु उठान गर्दैगर्दा निवर्तमान केन्द्रीय अनिल शाही लगायत सबिन चालिसे, सुरेन्द्र काफ्ले, रोशन कटवाल, सुरेन्द्र जैसी र राजकुमार घिमिरे माथि सांघातिक आक्रमण भएको घटनाको हामी घोर भत्सर्ना गर्दछौं। उक्त आक्रमणमा संलग्न भाडाका गुण्डाहरु र प्रहरी माथि कडा भन्दा कडा कार्वाही गर्न गृह प्रशासन सँग जोडदार माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ।

यसैगरी ‘नेविसंघले सत्ताको चरम दुरुपयोग गर्दै उपकुलपतीको ईसारामा घाईते भएका विद्यार्थी नेताहरु अनिल शाही, सबिन चालिसे, रोशन कटवाल र सुरेन्द्र काफ्ले लगायतलाई उपचार गर्नुको सट्टा उल्टै प्रहरीले गिरफ्तार गरी लगेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछौं।’

‘उपकुलपतीको गुण्डागर्दी विरुद्ध कडा आन्दोलन गर्न वाध्य हुन्छौँ’

नेविसंघले उपकुलपतीले गुण्डागर्दी मच्चाएको आरोप लगाउँदै यो बन्द नभए कडा आन्दोलन गर्ने जनाएको छ।

नेविसंघको विज्ञप्तिमा भनिएको छ, “उपकुलपतीले गुण्डागर्दी मच्चाएको आरोप लगाउँदै गिरफ्तार गरिएका सम्पूर्ण विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा नगरे उपकुलपतीले मच्चाएको सत्ता आतंक तथा प्रहरी संरक्षित गुण्डागर्दी विरुद्ध कडा आन्दोलन गर्न वाध्य हुनेछौँ।”

More News last news
Loading...