काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३४ जना संक्रमित थपिएका छन्।
यसअघि बुधबार (हिजो) काठमाडौंमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ गरी जम्मा १४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
