नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण ११ बजे हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरेका हुन्।

नयाँ जिम्मेवारी पाएको मन्त्रीहरुको शपथ कार्यक्रम बिहीबार बिहान साढे ११ बजेका लागि तय भएको छ। नवनियुक्त तीन मन्त्रीले बिहीबार शीतल निवासमा शपथ लिने तय भएको हो।

Advertisement

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लीलानाथ श्रेष्ठ र सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिइएको हो।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँसँग राखेका छन्।

More News last news
Loading...