डा. बुद्धिमान श्रेष्ठको ‘बैगुनी – २’ मा पल र मुन्नीको लोभलाग्दो अभिनय (भिडियो)

काठमाडौं । बरिष्ठ दन्त चिकित्सक डा. बुद्धिमान श्रेष्ठको ‘बैगुनी २’ सार्बजनिक भएको छ ।

पछिल्लो समय गीतसंगीतको क्षेत्रमा समेत अग्रसर भएका डा. श्रेष्ठको दोश्रो गीत ‘बैगुनी २’ ‘सितल छाँयालाई …’ सार्बजनिक गरेका हुन् ।

Advertisement

बादल घिमिरेको शब्द संगीत रहेको गीतमा डा.श्रेष्ठ र मेलिना राईको स्वर रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय चर्चाको शिखरमा रहेका नायक पल शाह र प्रियना आचार्य मुन्नीको लोभलाग्दो अभिनय देख्न सकिन्छ ।

गीतले चोखो माया गर्ने जोडीलाई कसैले पनि छुटाउन नसक्ने सन्देश प्रस्तुत गर्न खोजिएको छ । यसअघि डा. श्रेष्ठले गाएको ‘रेलले तान्यो र बैगुनी छौ भन्ने कस्ले जान्यो र’ बोलको गीतले निकै चर्चा कमाएको थियो । उक्त गीतले युटुबमा ६६ लाख ओभर भ्युअर पाईसकेको छ ।

अलि छिट्टै गीत सार्बजनिक गर्ने भनिए पनि कोरोना महामारीका कारण गरिएको लकडाउनले केहि ढिलो भएको डा. श्रेष्ठले नयाँपुस्तालाई बताए । गीतले सुरुवाती प्रतिक्रिया निकै राम्रो पाएको समेत उनले बताए ।

श्रेष्ठ कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष तथा विएम फाउन्डेशनका अध्यक्ष समेत हुन् ।

More News last news
Loading...