अमेरिका । कोरोना भाइरसको संक्रमणले विश्व महामारीको रुप ल्याइरहेका बेला प्याजबाट नयाँ रोग फैलिएको समाचार सार्वजनिक भएको छ।
रातो र पहेंलो प्याजले यो रोग फैलाइरहेको अमेरिकी अधिकारीहरुले बताएका छन्। अमेरिकाका ३४ राज्यमा हालसम्म ६४० बढी मानिस यस सरुवा रोगका कारण बिरामी परेका छन्।
रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी स्वास्थ्य संगठन केन्द्र (सीडीसी)ले मानिसहरूलाई सावधानी अपनाउन र प्याज खाने सन्दर्भमा सतर्क हुन चेतावनी दिएको छ।
विज्ञहरुका अनुसार अमेरिकी राज्यहरुमा रातो र पहेंलो प्याजबाट साल्मोनेला ब्याक्टेरियाको संक्रमणको कारणले रोग फैलदैछ। अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य एजेन्सी रहेको (सीडीसी)ले सर्तक रहन चेतावनी जारी गरेको हो।
सिडिसीले मानिसहरूलाई थोमसन इन्टरनेसनल नामक कम्पनीले खरिद गरेका प्याज नखान अपील गरेको छ। यदि पहिलानै खरिद गरिएको भए वा खानामा पकाइएको भए यसलाई उचित स्थानमा तुरुन्तै फालिदिन सिडिसीको आग्रह छ।
क्यानेडामा पनि साल्मोनिया ब्याक्टेरियाको संक्रमणका घटना देखा परेका छन्। हालसम्म यस ब्याक्टेरियाबाट क्यानडामा ६० जना अस्पताल भर्ना भएका छन्।
अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनका अनुसार ३४ राज्यहरुमा फैंलिदै गएको साल्मोनेला संक्मणको सिधा सम्बन्ध रातो प्याज सँग सम्बन्धीत छ।
जुन १९ मा अमेरिकामा सुरुवाति घटना फेला परेको सिडिसीले जनाएको छ।
यस ब्याक्टेरियाका कारण बिरामी भएपछि पखाला लाग्ने, ज्वरो र पेट दुख्ने जस्ता लक्षणहरू देखिन्छन। यसको लक्षण ६ घण्टा देखि ६ दिनसम्म कुनै पनि समयमा देखा पर्न सक्छ।
साल्मोनेला ब्याक्टेरियाका कारण धेरै जसो संक्रमण ५ बर्ष माथिका बालबालिका र ६५ बर्ष भन्दा माथिको उमेर समुहका मानिसमा देखिन्छ। यदि यसको गम्भीर संक्रमण भयो भने यसले आन्द्रामा नराम्रो प्रभाव पार्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
