बृहत् प्रजातान्त्रिक मोर्चा निर्माण गरौंः कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन्।

अध्यक्ष थापाले देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेललाई पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माणको आह्वान गरेका हुन्।

Advertisement

थापाले ट्विटरमा लेखेका छन्, ‘सुशासन र समृद्धिको लक्ष्य हाँसिल गर्न सम्पूर्ण देशभक्त र प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन। बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गर्दछु।’

More News last news
Loading...