काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ गरी जम्मा २१२९ जना संक्रमित थपिएका छन्।
यसअघि सोमबार (हिजो ) कठमाडौँमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
