काठमाडौँ । हतियारसँग जोडिएको आफ्नो निर्णय र कठोरताका लागि परिचित उत्तर कोरियाली नेता किम जोङ उन शनिबार आयोजित सैन्य परेडको क्रममा भाषण दिँदा दिँदै भावुक भए ।
उत्तर कोरियाली नेता किम जोङ उनलाई सार्वजनिक रुपमा भावुक भएको देखिएको सम्भवतः यो पहिलो मौका हो।
आफ्नो भाषणमा उनले बलिदान दिने सैनिकलाई धन्यवाद भने । आफ्नो सम्बोधनमा उत्तर कोरियाली जनताको जीवन राम्रो बनाउन नसकेकोमा नागरिकसँग माफी पनि मागे।
न्यूज एजेन्सी रोयटर्सको खबर अनुसार किम जोङ उनले आफ्नो पार्टीको ७५ औं वर्षगाँठको अवसरमा नागरिकलाई सम्बोधन गर्दै विनाशकारी आँधी र कोरोनाभाइरस महामारीको संक्रमणलाई रोक्न महत्वपूर्ण भूमिका निभाएकोमा सेनालाई धन्यवाद पनि दिए।
राज्य प्रशासित टेलिभिजन स्टेशनले एउटा भिडियो फुटेज जारी गरेको छ। यो फुटेज एडिट गरिएको छ जसमा किम आँखामा आँसुसहित उभिएका छन् । एकपटक त यस्तो लाग्छ कि उनको गला अवरोध भएको छ र उनी आँसु पुछिरहेका छन्।
जारी भिडियोमा किमलेण् आभार प्रकट गरिरहेको सुन्न सकिन्छ।
‘म आभारी छु कि एकजना पनि उत्तर कोरियाली जनता कोरोनाभाइरसद्वारा संक्रमित भएका छैनन् ।’ यद्यपि, अमेरिका र दक्षिण कोरियाले उनको दाबीमाथि आशंका जताइसकेका छन् ।
यो मौकामा किमले सर्वसाधारणसँग माफी माग्दै भने, ‘कोरोनाको रोकथामको उपाय, अमेरिकी प्रतिबन्ध र थुप्रै आँधीका कारण हामीले जुन स्तरमा मानिसहरुको जीवनमा सुधार ल्याउन चाहन्थ्यौं र जुन बाचा गरेका थियौं, त्यसलाई त्यो स्तरमा पूरा गर्न सकेनौं।’
उनले आफ्नो सम्बोधनमा थपे, ‘मेरो प्रयास र यसबारे मेरो सोच हाम्रा जनतालाई उनीहरुको कठिन जीवनबाट छुटकारा दिलाउनका लागि पर्याप्त छैनन् । यति हुँदा पनि हाम्रा जनताले हामीमाथि नै पूरा विश्वास गरे र हरेक कदममा मेरो निर्णय र संकल्पको समर्थन गरे।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
