नेपालमा थप २ हजार ७१ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको छ।

Advertisement

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३१ हजार ३ सय १५ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ४ सय २७ पीसीआर परीक्षण भएका छन्। यस्तै होम आइसोलेसनमा रहनेको संख्या १७ हजार ६ सय ६६ जना रहेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ।

 

 

More News last news
Loading...