काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ।
राप्रपाले आफ्नो ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ ४०० सदस्य थप गरी केन्द्रीय कार्य समितिको संख्या ७२७ पुर्याएको छ।
राप्रपाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्य समितिको विस्तार भएको जनाएको हो। एकीकृत पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएपछि राप्रपा अध्यक्षत्रयको यो पहिलो बैठक हो।
राप्रपाले असोज २९ गतेसम्म जिल्ला स्तरमा समायोजन गरिसक्ने र आगामी वैशाख २५ देखी २८ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने घोषणा गेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
