रुपन्देही । कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीका चारसहित थप ८ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रूपन्देहीका ४, सुनसरीका २ र बाँकेका २ छन्।
बुटवल–११ का ८४ वर्षीय संक्रमित वृद्धको अस्पताल लैजादै गर्दा मृत्यु भएको छ।
बुटवलमा आईसीयू बेड नभएपछि जिल्ला बाहिरका अस्पताल लैजाने क्रममा कपिलवस्तुको धानखोलामा मृत्यु भएको कोरोना विशेष अस्पताल वुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
यस्तै बुटवल ११ की ६१ वर्षीया वृद्धाको उपचारको क्रममा कोरोना विशेष अस्पताल बुटवलमा आइतबार बिहान २ बजे मृत्यु भएको छ।
असोज २१ गतेदेखि आईसीयूमा राखेर उपचाररत उनमा श्वासप्रश्वासको समस्या ठीन नहुँदा मृत्यु भएको डा. गौतमले बताए।
बुटवल–१ का ७० वर्षीय वृद्धको पनि शनिबार राति १० बजे कोरोना विशेष अस्पताल वुटवलमै मृत्यु भएको छ।
असोज २२ गते कोरोना संक्रमण पुष्टि भएका उनी शनिबार नै अस्पताल भर्ना भएका थिए। उनलाई निमोनिया भएको डा. गौतमले बताए।
यस्तै, तिलोत्तमा नगरपालिका–३ का ६६ वर्षीया वृद्धाको पनि कोरोनाले मृत्यु भएको छ।
उनको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
मोरङमा दुईको मृत्यु
विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन्। शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
