काठमाडौँ । भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ।
संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचार भइरहेको छ।
यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
