नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ।योसँगै मृतकको कुल संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६७२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

More News last news
Loading...