नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।

Advertisement

त्यस्तै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३० हजार ८१८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १२ सय २९ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७४ हजार २५२ जना पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ।

More News last news
Loading...