काठमाडौँ । भोलि असोज २५ गते बस्ने भनिएको प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।
हिजो २२३ गते काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईं (खनपरुदे प्रकाहा) को निधन भएकाले केन्द्रीय कार्यसमितको बैठक स्थगित गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
प्रसाईंको शुक्रबार काठमाडौंस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। प्रसाईंको निधनमा काँग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने जनाएको छ ।
यस्तै काँग्रेसले असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
